दफा ३१२
मुद्दा दायर गर्न वा निवेदन वा पुनरावेदन गर्न सरकारी वकिललाई अधिकार हुने

(१) कुनै निकाय वा अधिकारीले सरकारी वा सार्वजनिक सम्पत्तिमा प्रतिकूल असर पर्ने गरी गरेको निर्णय उपर कानून बमोजिम मुद्दा गर्न, निवेदन वा पुनरावेदन गर्ने अधिकार सम्बन्धित सरकारी वकिललाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा वा निवेदन वा पुनरावेदन दिने सम्बन्धमा सम्बन्धित कार्यालय वा अधिकारीले सरकारी वकिललाई आवश्यक पर्ने कागजात उपलब्ध गराउने लगायत अन्य सहयोग गर्नु पर्नेछ ।